Monday, June 29News That Matters

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

पूर्णपुष्टि, चैत ७

नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । यहि चैत २५ गते हुन लागेको चिर्वानको कार्यतालिका शनिबार सार्वजनिक गरेको हो ।

यहि चैत ८ गते मतदाता नामावलि प्रकाशन, ९ गते मतदाता नामावली उपर दावी विरोध, ११ गते अन्तिम मदतादा नामावली प्रशासन, १२ गते उमेदवार मनोनयन र उमेदवारको नामावली प्रशासन, १३ गते उमेदवार उपरको दावी विरोध, १४ गते उमेदवारको नाम फिर्ता लिने, १४ गते उमेदवारको अन्तिम नामावली प्रशासन, २५ गते मतदान र मतगणना कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिकामा उल्लेख गरिएका सवै कार्यक्रमहरु निर्वाचन समितिले तोकेको स्थानमा सम्पन्न हुने जनाईएको छ ।

यसपटक पत्रकार महासंघले नयाँ तरिकाबाट एकैदिन केन्द्र, प्रदेश र जिल्लाको मतदान गरी नयाँ नेतृत्व चयन गर्ने भएको छ । हरेक जिल्लामा तीन वटा मतदान पेटिका राखेर केन्द्र, प्रदेश र जिल्लाको चुनाव सम्पन्न गर्ने तयारी गरको छ ।

निर्वाचन कार्यतालिका तल हेर्नुस्