
पूर्णपुष्टि, बैशाख ६ ।
नेपाल पत्रकार महासंघ उदयपुरकाे नयाँ निर्वाचित कार्यसमितिकाे पदस्थापन आज भयाे ।
निर्वाचन समितिकाे संयाेजक काैशल चेम्जाेङले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदास्थापन गराई प्रमाण पत्र प्रदान गर्नुभयाे । साै प्रदेश, केन्द्र पार्षदहरु र सल्लाहकारलाई पनि प्रमाणपत्र प्रदान गर्नुभयाे ।
अध्यक्ष भरत खड्का, उपाध्यक्ष पर्शुराम थापा, समावेशि उपाध्यक्ष गंगा राई, सचिव विश्वराज तामाङ, सहसचिव रिसि राई, समावेशि सहसचिव देवराज राई र काेषाध्यक्ष गणेश उप्रेतीकाे पदस्थापन भयाे । सदस्यहरु बुद्धि चामलिङ, सराेज निराैला, दिनेश चामलिङ, रन्जु दनुवार, करुना कार्कि, किरन ढुंगाना, युवराज कार्कि (सन्ताेष), हाेम बस्नेत, शंकर रिखाम मगर, चन्द्र राई र कुमार माेतेकाे पदस्थापन भयाे ।
केन्द्रिय पार्षदहरु भक्तिविलास पाेखरेल, कुशलबाबु बस्नेत, प्रदेश पार्षदहरु केदार थापा, विकास बस्नेत, यदु ढकाल, केदार कुमार कटुवाल, टेकराज रिखाम, सुजाता ढुंगाना, यसाेदा पाेखरेललाई प्रमाणपत्र प्रदान गरियाे । अध्यक्ष पदका प्रत्यसि भाेटराज राईले सल्लाहकारकाे पदिय जिम्मेवारि लिनुभयाे ।
