
साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी युवाजको हात रहेको अमेरिकी केन्द्रीय गुप्तचर (सीआईए) ले ठहर गरेको छ ।
सीआईएको ठर प्रति साउदी अरेवियाले युवराजलाई पत्रकार हत्याको योजनाबारे केहि जानकारी नभएको बताउदै आएको छ ।
अनुसन्धानको क्रममा अमेरिकी गुप्तचर निकायको स्रोतहरूले घटनाको विस्तृत प्रमाणहरूमा पहुँच पु¥याएको थियो ।
पत्रकार खशोग्गीले काम गर्ने द वासिङ्टन पोष्ट पत्रिकाले सआिईएको मुल्याङ्कनमा युवाराजको भाई खालेद वीन सलमानको फोन कुराकानीको आधार रहेको जनाईएको छ ।
फोनमा युवराजको निर्देशनमा सलमानले खशोग्गीलाई टेलीफोन गरी महाबाणिज्य दूतावास सुरक्षित रहेकोले त्याहा जान आश्वासन दिएको आरोप सलमान माथि लागेको छ । सलमान अमेरिकाको साउदी राजदूत पनि हो ।
आरोप लागेपछि सलमानले करिब १ वर्ष देखि खशोग्गी सँग भेटघाट र टेलिफोन सम्पर्क समेत नभएको भनी ट्वीटर मार्फत सन्देश जारी गरेको छ ।
यस्तो समाचार बारे अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसले केहि प्रतिक्रिया केन्द्रिय गुप्तचर निकायको निष्कर्षहरूबारे दुवैलाई सुचित गरिएको जनाईएको छ ।
खशोग्गीको हत्यामा संलग्न आरोपी १७ जना साउदी अधिकारीहरुलाई ट्रम्प प्रशासनले सजाय दिइसकेको छ । यस प्रकरणपछि वासिङ्टनले बेच्दै आएको हतियारमा कटौति गर्न अमेरिकी सांसदहरूले साउदीलाई सुझाब दिएका छन् । भने साउदीलाई दोषी ठहर गरि कडा उपाय अबलम्बन गर्न समेत सुझाब दिएका हुन् ।
एक सम्मेलनमा बोल्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले खशोग्गीको हत्यारा उम्कन नदिने र हत्याका जिम्मेवार सबै पक्षलाई जवाफदेही बनाउन अमेरिका प्रतिबद्ध रहेको समेत बताए ।
साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो । उनको शव अझै फेला परेको छैन ।
विवाहको लागि कागजात लिन गएको बेला इस्तानबुल स्थित साउदी महाबाणिज्य दूतावासमा बेपत्ता पारिएको थियो । खशोग्गीले मासिक रुपमा वासिङ्टन पोष्ट पत्रिकामा स्तम्भ लेख्दै आएको थिए । खशोग्गीको हत्यामा उच्च तहहरुबाटै निर्देशन आएको टर्कीले दाबी गर्दै आएको छ ।
बेपत्त पारिएको पत्रकारको आफ्नै धर्म संस्कार अनुसार अन्तिम दाहसंस्कार शुक्रबार टर्कि र साउदीमा गरिएको थियो ।
खशोग्गीका साथीभाई, शुभेच्छुक, राजनीतिक व्यक्ति तथा सर्मथकहरुको फतिह मस्जीदमा भएको भेलाले खशोग्गीलाई श्रद्धाञ्जलि दिएका थिए ।