
पूर्णपुष्टि, कात्तिक १९
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन् ।
भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि आज विहान राजुदत क्वात्राले सचिव पौड्यालसँग भेटघाट गरेको हो ।
भेटघाटपछि क्वात्राले नेपाली भाषामै ट्विट गर्दै ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’ भनेका छन् ।
