Wednesday, June 17News That Matters

पर्यटन तथा वन मन्त्री जिवन आचार्यद्धारा शिव पार्वती मन्दिरको उद्घाटन

पूर्णपुष्टि,फागुन ६ । प्रदेश नं १ का संस्कृति पर्यटन तथा वन मन्त्री जिवन आचार्यले शिव पार्वती मन्दिर उद्घाटन गर्नु भएको छ । शनिवार एक कार्यक्रम बिच मन्त्री आचार्यले त्रियुग नगरपालिका–६, लालपत्तामा अवस्थित रहेको उक्त मन्दिरको औपचारीक उद्घाटन गर्नुभएको हो ।

आज शनिवार शिवरात्री पर्वको अवसरमा बिहानी त्रियुगा नदि छेउमा अवस्थित शान्तिधामको अवलोकल गर्दे मन्त्री आचार्य शिव पार्वती मन्दिरको उद्घाट गर्न पुग्नु भएको हो । स्रोतका अनुसार मन्त्री आचार्य यस पछि कटारी घुर्मी हुँदै खेटाङको यात्रामा निस्कने बताएको छ । प्रत्यक्ष जनता माझ गुगी त्यहाँको अवस्थाको अवलोकन तथा जनता संग अन्तरक्रिया छलफल गर्ने स्रोतले जनाएको छ ।