Wednesday, May 13News That Matters

पलाँता गाउँपालिका अध्यक्ष माथी कुटपिट

पूर्णपुष्टि, बैशाख २८ गते ।

कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी श्रीमति गोरिकला बम माथी आक्रमण भएको छ । गाउँपालिकाका अन्य जनप्रतिनिधिले अध्यक्ष बमलाई कुटपिट गरेको हो ।

गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा १ न. वडाध्यक्ष मानबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकाया (इन्द्र) र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

हिजो विहान करिब ११ बजे गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको बेला वडाध्यक्ष भण्डारीले गाउँपालिका अध्यक्ष माथी एक्कासी कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष बम, उनकी श्रमिती र भतिज घाईते भएको जनाइएको छ ।

कुटपिटबाट घाईते भएकाहरुलाई हेलिकप्टरबाट उपचारको लागी कर्णाली प्रदेश अस्पताल लगिएको थियो । अहिले अध्यक्ष बम सामान्य घाइते छन् भने उनकि श्रीमति खतरामुक्त रहेको अस्पताल्ले जनाएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्नहरु र अध्यक्ष विचको अन्तरद्वन्द्व लामो सयमदेखिनै हुदै आएको जनाईएको छ । घटनामा संलग्न सबैको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।