Saturday, June 6News That Matters

पसलमा छुटेको पैसा आफन्तलाई जिम्मा

गाईघाट/फागुन, ६

गाईघाटको पवित्रा सेन्टरमा सामान किन्ने क्रममा छुटेको १२ हजार पैसा आफन्तलाई जिम्मा लगाएको छ । श्रीमतीले श्रीमानलाई वालाम्ता पठाउन गाडी साहुलाई हात लगाईदिएको पैसा सामान किन्न जादा हिमाली टोल स्थित पवित्रा सेन्टरमा गाडी साहुले छोडेको थियो ।

प्लास्टिक भित्र कागजमा रहेको पैसा पसलको साहुजी बिजु श्रेष्ठले फोहोर भनेर डस्विनमा हालिदएको थियो । पछि पैसा भनेर थाहा पाएपछि कसको भनि सोधी खोजी गर्ने क्रममा पवित्रा सेन्टरको फेसवुक बाट जानकारी गराउँदा सो पैसा आफन्त सम्म जिम्मा लागउन सफल भएको पवित्रा सेन्टरका प्रोपाईटर बिजु श्रेष्ठले बताए ।

मंगलबार फेला परेको पैसा बिहिबार आफन्त लिम्चुङबुङ गाउँपालिका वडा नं ४ का शिक्षक प्रशान्त राईले जिम्मा लिएको छ । आप्नो पैसा यसरी इमान्दार तरिकाले दिएको खुसी व्यक्त गर्दै राईले फेला पारेर जिम्मा लगाउने श्रेष्ठलाई धन्यवाद व्यक्त गरे ।

पैसा सामाजिक अभियान्ता, महेश्वरी राई, भरत खड्का, नगर प्रहरी र  पत्रकारहरुको विचमा प्रदान गरियो ।