Friday, February 7News That Matters

पहाडमा भब्य मनाउदै होली

उदयपुर, चैत्र ६ गते ।

एक विशेष पर्वको रुपमा मनाईने होली मनाउन पहाडमा भब्य तयारी भएको छ ।

पहाड र तराई गरी दुई दिन मनाईने होली अघिल्लो दिन पहाडमा मनाउने गरिएकाले भब्य तयारी भएको हो ।

 

आफन्त जन, साथीभाइ सँग भेटघाट गरि सब्य र भब्य रुपमा सप्तरङ्गी रङ (फागु) खेलेर होली मनाउने चलन परम्परा देखि चलिआएको पाईन्छ ।

नेपालमा धेरै चाड पर्वहरु मध्ये विशेष एक पर्वको रुपमा होलीलाई पनि लिईन्छ । दुई दिन मनाईने होलीमा आफन्तजन तथा साथीभाईहरु भेटघाट गरि फागु खेल्ने, होली विशेष विभिन्न कार्यक्रहरु गरी होलीको शुभकामना आदान प्रदान गर्नेगर्दछ ।

होलीमा फागु मात्रै नभई विभिन्न सास्कृतिक कार्यक्र गरि शुभकामना आदान प्रदान गर्ने गरिन्छ । अन्य चाड पर्व जस्तै होलीलाई पनि भब्य रुपमा दुई दिनै मनाउने गरिन्छ । होली हिमाल देखि तराईका सवै जात जाती, धर्म, भाषाका मानिसले खेल्ने गरेको पाईन्छ ।

धेरै जातजातीले मिलेर बनेको नेपालमा कतिपय चाड पर्व विशेष जातजातीको मात्रै हुने भएपनि होली सवैको साझा पर्व भएकाले नेपालीहरुले एकै थलोमा मिलेर मनाउने गर्दछ ।