Sunday, May 10News That Matters

पहाडी गाउँपालिकामा निःशुल्क स्वस्थ्य शिविर

उदयपुर, मंसिर ३० गते ।

विकट पहाडी गाउँमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय आमाहरुले सेवा लिएका छन् । रौतामाई गाउँपालिका–४ सल्लेमा महिलाको आङ्ग (पाठेघर) खस्ने समस्या सम्बन्धि शिविरबाट उक्त संख्यामा आमाहरुले प्रत्यक्ष सेवा लिएका थिए । बागमती सेवा समाजको आयोजना, आड्रको सहयोग र रौतामाई गाउँपालिकाको समन्वयनमा शिविर संचालन भएको थियो । शविरबाट प्रत्यक्ष सेवा लिएका ९६ जना मध्ये ७ जनाको रिङ राखिएको छ भने ६ जनालाई अप्रेशनको लागि बाहिर पठाएको शिविरका डाक्टर रुवी सिंहले बताईन् । शिविरमा आएका विरामीहरु मध्ये ६ जना बाहेक ७ जनालई रिङ राखेको र अन्य सामान्य विरामीलाई पाठेघर सम्बन्धित स्वास्थ्य परामर्श र औषधी दिएर घर पठाएको उनले बताईन् ।

रेफर गरिएका विरामीहरुलाई कोशी अञ्चल अस्पालमा उपचार हुने र त्यस अस्पतालमा उपचार हुन सकेका विरामीहरुलई बनेपाको सिरमेमोरियल अस्पतालमा निःशुल्क उपचार हुने बागमती सेवा समाजका कार्याक्रम प्रबन्धक दिवाकर झाले बताए । शिविरदेखि अप्रेशनसम्म पूर्ण निःशुल्क भएकाले झाले बताए । शिविरमा १८ प्रकारका निःशुल्क औषधी वितरण गरिएको थियो ।आर्थीक, समाजीक कुराले रोग पालेर बसेका गाउँ घरका आमाहरुले शिविरमा आफ्नो समस्या नजलाई खुलेर भन्नु पर्ने १ न. प्रदेश सांसद नारायण बुर्जामगरले बताए । गाउँघरमा लाज मानेर नै कतिपय रोगहरु पालेर बस्ने गरेकाले कुनै लाज नमानि आफुमा भएका रोगहरु डाक्टरहरुलाई भनेर धेरै भन्दा धेरै शिविरबाट लाभ लिन उनले आग्रम गरेको छ ।

रोगलाई पालेर लाज मानेर नभन्दा ज्यानसमेत जोखिममा पर्ने भएकाले कुनै कुरा नलुकाई खुलेर राख्नु पर्ने सांसद मगरले बताए । औषधी उपचारले रोग निको हुने भएकाले समस्याको बारेमा कुनै लाज धाक नमानी खुलेर भन्नु पर्ने उनले बताए ।पहाडी ग्रामिण भेगमा सचालन भएको शिविर प्रसंसनिय रहेको जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियारले बताए । आफ्नै गाउँघरमा शिविर संचालन भएकाले आमा, दिदी बहिनीहरुले सक्दो शिविरको सदुपयोग गर्नु पर्ने प्रमुख परियारले बताए ।

जिल्लाको अधिकांश भु–भाग पहाडी यरिया भएकाले यस्ता शिविरहरु अन्य विकट पहाडी भगेमा पनि आवश्याता रहेको प्रमुख परियारले बताए ।

भुगोलले ठागिएपनि रोगलाई पालेर बस्न नहुने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पालिका भित्रका जनलाई सु–स्वास्थ्य बनाउनका लागि शिविरको आयोजना गरिएको छ । यस शिविरबाट धेरै भन्दा धेरै सेवा लिनु पर्ने उनले बताए ।

आफुमा भएका समस्या भन्न लजाउने परम्परालाई अन्त्य गर्दै अप्रेशन भन्दा डराउने प्रवितिलाई पनि हटाउनु पर्ने अध्यक्ष खड्काले बताए । यस्ता शिविर भुगोलको समस्याका कारण अन्य वडामा पनि शिविर संचालन गर्नु पर्ने अवस्था रहेको अध्यक्ष खड्काले बताए ।कार्यक्रमको सभापति रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, प्रमुख अतिथि १ न. सांसद नारायण बुर्जामगर, विशेष अतिथि जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियार, अतिथिहरु त्रमशः जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदी, गौतामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खम्बराज राई, नेपाल पत्रकार महांसघ उदयपुर शाखाका अध्यक्ष भरत खड्का, नेकपा उदयपुर जिल्ला सदस्य तथा स्थानीय नेता केशब राई लगायतका अथितिहरुको आतिथ्यता रहेको थियो ।