
पूणर्पुष्टि, साउन, १३
कालिकोटमा राति पहिरो जाँदा ९ जनाको मृ*त्यु भएको छ । मंगलबार राती गएको पहिरोमा परी कालिकोट नरहरीनाथ ७ माल्कोटमा ९ जनाको मृ*त्यु भएको हो । मृत्यु हुने मध्ये ७ जना भने एकै परिवारका हुन् ।
राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाल जानकारी दिए । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको ओलियाले जानकारी दिए ।
