उदयपुर, असार ३१ गते ।
उदयपुरको डिल्लीबरमा गत राती आएको पहिरोले पुरिएर बेपत्ता भएको एक महिला मृत अवस्थामा फेला परेको छ । रौतामाई गाउँपालिका –८ डिल्लीबर निबासी ५५ वर्षीय रनमाया मगरलाई पहिरोले पुरेर बेपत्ता बनाएको थियो ।
गत राती करिब १ बजे अचानक आएका पहिरोले घरमा सुतिहेको मगरलाई पुरेर बपत्ता बनाएको थियो । मगरको नाती ९ वर्षीय महेश मग्रान्जा मगर घाईते भएको प्रहरीले जनाएको छ ।
माथीबाट आएको पहिरोले घरलाई पुरी क्षती पु¥याएको छ । ईलाका प्रहरी कार्यालय रौतामाईको प्रहरी टोलीले घाईते बलकलाई जिवितै उद्धार गरी उचारको लागि विपि कोईराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा पठाएको छ भने पुरीएको ठाउँबाट विहान साढे ८ बजे मृत वस्थामा मरको शव निकालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।