खोटाङ, असार २७ गते ।
खोटाङको बाक्पचाङमा एक घर पहिरोले पुरीदा आमा र छोरा बेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका – २ बाक्पचाङ गोपिनी निबासी विष्णुकुमार राईको घर राती आएको पहिरोले पुरीदा उनको श्रीमती र छोरा बेपत्ता भएका हुन् ।
केहि दिनदेखि निरन्तर परेको वर्षाले विहान करिब ४ बजे सुती अवस्थामा घर माथिबाट पहिरो आएर घर पुरीदा ३० वर्षीय राईलाई स्थानियले घाईते अवस्थामा उद्दार गरेको प्रहरीले जनाएको छ । बेपत्ता भएको आमा र छोराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।