Friday, May 22News That Matters

पहिरोले घर भत्किँदा ४ जनाको मृत्यु

पूर्णपुष्टि, साउन २७

डोटीमा पहिरोले घर भत्किदा चार जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले आदर्श गाउँपालिका–१ बाँझककानीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् ।

पहिराले स्थानीय लोगे लुहारको घर भत्किँदा ३५ वर्षीया विष्ना लुहार, उनका छोरा ११ वर्षीय पारस, छोरीहरु ७ वर्षीया सिरु र ४ वर्षीया जेनिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

३३ वर्षीय लोगे, उहाँकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र र २ वर्षीया छोरी अस्मिताको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिलेटले छाएको तिनतले घर राति करिब १ बजेतिर भत्किएको प्रहरीले जनाएको छ । अहिले पहिरोले पुरेर मृत्यु भएकाहरुले शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।