
पूर्णपुष्टि, असोज १०
वर्षाले पहिरो खसेपछि पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो हटाउन शुरु गरे पनि धेरै ठाउँमा पहिरो खसेकाले समय लाग्ने प्रहरीले जनाएको छ । बाटो बन्द भएपछि पाल्पाबाट बुटवलका लागि छुटेका गाडीहरु केराबारी, चर्चरे, जोरधारामा रोकिएका छन् भने बुटवलबाट पाल्पाका लागि छुटेका गाडी सिद्धबाबा मन्दिर क्षेत्रमै रोकिएको प्रहरीले जनाएको छ ।

