
पूर्णपुष्टि, असार ७ गते ।
गुल्मीमा पहिरोले जीप पुरिंदा घाइते भएका चालकको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–३ का जीप चालक प्रदिप पुनको सन्धिखर्क अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो ।
हिजो ग १ ज ३९९७ नम्बरको जीप सडक माथिबाट खसेको पहिरोले पर्दा धुर्कोट गाउँपालिका ३ का तुलसीराम काउछाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
