
पूणर्पुष्टि, साउन, ५
दार्चुलामा २ जनाको पहिरोमा परि मृत्यु भएको छ । नौगाड गाउँपालिका ६ परिगाउँ स्थित राति गएको पहिरोमा परि २ जनाका मृत्यु हुनुका साथै ७ घर पहिरोले पुरिएको छ ।
३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोमा अन्य बेपत्ताहरुको खोजिकार्य भइरहेको छ । उनीहरुको स्थानीय र प्रहरीले खोजी गरेका छन् । पहिरोमा स्थानीय मोहनसिंह ठगुन्नासहित चार चार जना घाइते भएका छन् । उनीहरुलाई गाउँलेले तत्काल उद्धार गरेको स्थानीय फागुनसिंह ठगुन्नाले जानकारी दिए । पहिरोले एउटा विद्यालय भवनसमेत बगाएको छ ।
