Friday, February 7News That Matters

पहिलोपटक “राईड टु कोशीटप्पु २०७५” हुदै

उदयपुर, पुस ३० गते ।

स्वास्थ्य, पर्यावरण र पर्यटन विकासका लागि उदयपुरका पहिलोपटक “राईड टु कोशीटप्पु २०७५” हुदैछ । उदयपुर र देशैभरका साईकलप्रेमीहरुको विशेष जमघटका साथ आगमी माघ २५ र २६ गते सो कार्यक्रम हुनेभएको हो ।

उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा हुन गैरहेको कार्यक्रमको बारेमा सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिदै आयोजक भब्य तयारीमा जुटेको छ ।

स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माणमा महत्वपूर्ण सन्देश लिएर गरिने कार्यक्रममा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको सहयोग रहेको छ । त्रियुगाका मेयर बलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गाकुमार थापासमेतले भाग लिने साईक्लिङ प्रतिष्पर्धात्मक भन्दा पनि मैत्रीपूर्ण सहभागितात्मक रहने छ ।

१८ नं. वाहिनीका बाहिनीपति हिमासु खड्काको पनि सहभागिता रहने साईक्लिङ त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई चौदण्डीगढीको बेल्टार–बसाहा हुदै बेलका नगरपालिका पुग्नेछ । बेलकाको रामपुर बजारपछि बेलुका कोशीटप्पु नजिकैको सप्तकोशीपुलमा बास बस्ने र भोलीपल्ट सप्तकोशीमा सञ्चालित जेटबोटबाट बाराहा मन्दीरको दर्शन गरी समापन गर्ने कार्यक्रम रहेको छ । कोशीटप्पु विभिन्न जंगली जनावरका साथै नेपालको चराहरुको राजधानीको रुपमा परिचित छ । यात्राको क्रममा तीनवटै नगरपालिकाका बजारक्षेत्रहरु परिक्रमा गरिनेछ । उदयपुरका ४५, बाहिरी जिल्लाहरुकाट ७० र नेपाली सेनाबाट पनि सहभागिता हुने भएका छन् ।

बढ्दो लागू औषध दूब्र्यसन, सडक दुर्घटना न्यूनिकरणका लागि समेत सन्देश फैलाउने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने आयोजकको लक्ष छ ।