Saturday, May 16News That Matters

पहिलो आइएमइ लोकस्टारमा उदयपुरे विनोद सेकेन्ड रनरअप

उदयपुर/कार्ति, ९

उदयपुरको कटारी रिस्कुको विनोद दनुवार नेपालको पहिलो नेपाल आइएमइ लोक स्टारको सेकेन्ड रनर अप बन्न सफल भएको छ । शुक्रबार काठमाण्डोमा भएको ग्राण्ड फिनालीमा दनुवार दोस्रो रनर अप बन्न सफल भएको हो । दोस्रो रनरअप सँगै दनुवारले नगद रु १० लाख र सिटीजन लाईफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जिवन विमा पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै पहिलो रनर अप चेतन गोतामे बनेका छन् भने लोक स्टारको उपाधी सनी विश्वकर्माले जितेका छन् ।  चेतनले नगद रु २५ लाख र १५ लाख बराबरको सिटिजन लाईफ इन्स्योरेन्सको तर्फबाट जिवन बिमा प्राप्त गरेका छने भने सनीले नगद ५० लाख र २५ लाख बराबरको सिटीजन लाईफ इन्स्योरेन्सको तर्फबाट जिवन बिमा पुरस्कार प्राप्त गरेका छन् ।