Thursday, April 30News That Matters

पाँचथरमा ट्रयाक्टर दुर्घटना, एक जनाको ज्यान गयो

पूर्णपुष्टि, असार १७ 

पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । फालेलुङ गाउँपालिका–३ माङ्लेबुङमा ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय ५५ वर्षीय लक्ष्मी विष्टको ज्यान गएको हो, भने तीन जना घाइते भएका छन् ।

मे १ त ६५७७ नम्बरको ट्र्याक्टर गएराति दुर्घटना हुँदा विष्टको ज्यान गएको छ, भने ट्र्याक्टर चालक अटलबहादुर लिम्बुसहित मनबहादुर राई र कर्णबहादुर राई घाइते भएका हुन् । उनीहरु फालेलुङ–३ का स्थानीय बासिन्दाहरु हुन् ।

घाइते तीनै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष वीर विक्रम थाम्सुहाङले जानकारी दिनुभयो ।