Monday, February 17News That Matters

पाँच दिने योग शिविर

उदयपुर, असार ५ गते ।

पाँचौँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा उदयपुरमा पाँच दिने योग शिविर संचालन भएकोे छ । सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरको आयोजनामा सोमबारदेखि योग शिविर संचालन भएको हो ।

‘योग गरौँ, निरोग रहौँ’ भन्ने नाराको साथ स्थानियबासीहरुलाई योगको माध्येमबाट स्वास्थ्य राख्ने उद्देश्यले योग शिविर संचालन गरिएको सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरका आयुर्वेद प्रमुख डाक्टर संजिव यादवले बताए ।

योगले मानिसलाई स्वास्थ्य राख्नका निम्ती ठुलो मद्दत गर्ने भएकाले शिविर नै संचालन गरेको यादवले बताए । योग सँगै आयुर्वेदको महत्व र कार्यालयबाट पाउने सेवा सुविधाहरुको बारेमा सुचना प्रवाह गरेको सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरले जनाएको छ ।

जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाईदै आएको छ । ६ गतेसम्म संचालन हुने शिविर २ गतेबाट सुरु भएको औषधालयले जनाएको छ ।

परापूर्वकालदेखि नै आयुर्वेदको प्रयोग र योग गर्दै आएपनि पछिल्लो समयमा मानिसहरु औद्योगीक औषधी प्रति आकर्षीत हुनाले आयुर्वेदको महत्व घट्दै गएको देखिन्छ ।