Monday, July 6News That Matters

पानिमा डुबेर युवकको मृत्यु

पूर्णपुष्टि, पुष १७ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ आठअर्डी स्थित पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ बर्षीय नर बहादुर मगर रहेका छन् ।

शनिवार दिउँसो वनबाट दाउरा बोकेर घर आउदा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर घाईते भएका मगरको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।