Thursday, May 28News That Matters

पानीमा डुबेर १ जना बालकको मृत्यु

सुनसरी, चैत्र ११ गते ।

सुनसरीको हरिनगरामा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हरिनगरा गाँउपालिका–३ निबासी कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा विहान साँढे १० बजे बालक डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।