Friday, May 15News That Matters

पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु

पूर्णपुष्टि, कार्तिक २९
सुनसरीको गढी गाउँपालिका–६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर दुई जना बालकको ज्यान गएको छ । उक्त ईट्टा भट्टाका कामदार भारतिय नागरीक सरोद बरमडका ४ वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको हो ।
आईतबार अपरान्ह ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अबस्थामा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा बाटैमा ज्यान गएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।