पाँचथर, श्रावण ०६ गते ।
पाँचथरको हिलिहाङ गाउँपालिका (७ टारी स्थित निर्माणाधीन पार्टीको छत खसेर सोमबार २ जनाको ज्यान गएको छ । करिब विहान ८ बजे तिर यलम्बर पार्क भित्र निर्माणाधीन अवस्थामा रहेको पाटीको ढलाई सेटिङ खोल्ने क्रममा छत खसेर ५१ बर्षिय रुद्र राई र ५० बर्षिय जगत राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर प्रहरीले घटनालाई कानुनी प्रक्रिया अनुसार अनुसन्धान गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पठाएको छ । भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।