Friday, February 14News That Matters

पालिका र सुरक्षा निकायद्धारा बाँध निर्माण

उदयपुर, असार २७ गते ।

उदयपुरको बरुवा खोलामा आएको बाढीले सोकला टोलको बाँध भत्काउन थालेपछि नगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले बाँध निर्माण गरेको छ । त्रियुगा नगरपालिका – ११ साकेला टोलको बाँध बाढीले भत्काउन थालेपछि नगरपालिका र नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बाँध निर्माण गरको हो ।

लगातार परेको पानीले खोलामा बाढी आई विहिबार बाँध भत्काउन थालेपछि वडा र पालिकाले जेसिवी लगाएर पानी अनेत्र फर्काउने काम गरको थियो । पुरानो बाँध भत्काउन थालेपछि उच्च जोखिममा रहेको साकेला टोल, पुरानो गाईघाट आसपासको दजनौँ टोलहरुका बासीन्दाहरु रातभरी डर त्रासको साथ बस्नु परेको थियो ।

बाढीले  करिब ५० मिटर बाँधको जाली भत्काएपछि वडा र पालिकाले दुई वटा जेसिवी लगाएर पानीलाई अनेत्र फकाउने कोसि गरी सुरक्षा निकायको संयुक्त टोलीले बाँध निर्माण गरेको त्रियुगा नगरपालिका – ११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताए ।

जेसिवीले केहि पानी अनेत्र फर्काएपछि पानीको वहाव घटेको थियो । पानीको वहाव घटेपछि नेपाली सेना रणशार्दुल गण बोक्से, नेपाल सशस्त्र प्रहरी बल न. ५ गण र नेपाल प्रहरीको संयुक्त टोलीले बाँध निर्माण गरको वडाध्यक्ष भट्टराईले बताए ।

लगातार परिरहेको पानीले गर्दा स्थायि बाँध लगाउने कुनै उपाए नभएकाले रोक थामको लागि तत्काल सुरक्षा निकायको सयोगमा बाँध निर्माण गरेको वडाध्यक्ष भट्टराईले बताए । पालिकाबाट बाँधको लागि बजेट विनियोजन भईसकेपनि बाढीले गर्दा तत्काल बाँध निर्माण गर्न नसकिएको उनले बताए ।

बाँध बाढीले खोल्न थालेपछि गाईघाटको आधा भाग उच्च जोखिममा परेको वडाध्यक्ष भट्टराइले बताए । ढुङ्गान स्टोर गरेर नराखेकाले बालुवा र गिटी बोरामा हालेर जाली भरी तत्काल अस्थायी बाँध निर्माण गरेको उनले बताए ।

बाँध बाढीले खोल्न थालेपछि गाईघाटको आधा भाग उच्च जोखिममा परेको वडाध्यक्ष भट्टराइले बताए । ढुङ्गान स्टोर गरेर नराखेकाले बालुवा र गिटी बोरामा हालेर जाली भरी तत्काल अस्थायी बाँध निर्माण गरेको उनले बताए ।

बाँध पुरानो र खोलाको पानी एकमुस्लो भएर एकै ठाउँ हानिएकाले बाँध खोलेको स्थानियबासीले बताएका छन् । बाँध भत्काउन थालेपछि कति बेला बाढीले बगाउँने हो भन्ने डर त्रासमै रात वितेको स्थानिय विवस राईले बताए ।

सशस्त्र प्रहरी बल नेपाल नं ५ गणबाट २५ जाना, नेपाली सेना रणशार्दुल गणबाट १७ जाना र जिल्ला प्रहरी कार्यालयबाट १० जनाको संयुक्त टोलीले बाँध निर्माण गरेको थियो ।