Friday, February 14News That Matters

पुजा आजा सहित साकेला सुरु

 

गाईघाट, जेष्ट/३०

बिधिगत रुपमा पुजा आजा गरी गाईघाटमा आज साकेला सुरु गरिएको छ । दुई दिन सम्म भव्य रुपले मनाइने साकेला आज धामी बाट पुजाआजा गरी सुरु गरेको हो ।

सामुहिक मछामा घरबाट बर माग्दै साकेलालाई पुज्ने, सेउली गाड्ने, र ढोल भ्याम्टा बजाई बिधिगत रुपमा साकेला सुरु गरीएको समितिका अध्यक्ष प्रकाश राईले बताए ।

किराती संस्कार अनुसार धामीलाई चुला पुजा गराई साकेलाको सुरु गरिएको राईले बताए । किरातीहरु भुमि पुजक र पितृ पुजक भएको कारण हरेक काम पितृ बाट नै हुने भएकोले यसको सम्मान सत्कारका साथ पुज्ने चलन रहेको राईको भनाई छ ।

भोली साकेला सिल्ली प्रतियोगिता सँगै समापन गर्ने राईले बताए ।