Friday, February 14News That Matters

पुर्खोउली थातथलो खोज्दै दिखुवाछाहरु खोटाङमा

बुद्धि  चामलिङ

उदयपुर , असार १९ गते ।   

उदयपुरका दिखुवाछा पाछाहरु दिखुवाछाको पुर्खोउली जन्मथलो, उत्पती स्थल र दिखुवाछाहरुको जनगणना गर्न बुधबार खोटाङ पुगेको छ ।

दिखुवाछा चामलिङ सेवा समाज को  गत असार १२ गते  बिहिबार बसेको समितिको दोस्रो बैठकको निर्णय अनुसार दिखुवाछाहरुको इतिहास खोज्न समितिका प्रतिनिधी खोटाङ जिल्लाको बिभिन्न दिखुवाछा चामलिङ हरु बसोबास गर्ने ठाउ हरुमा जाने निर्णय भयको समितिका अध्यछ बिष्णु दिखुवाछा चामलिङ राइले बताए । बुधबार समितिको अध्यछ बिष्णु दिखुवाछा चामलिङ राइको नेतृत्व मा ७ सदस्यीय अध्ययन टोलि खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउ पालिका वडा नम्बर – ३ छोरम्बु को बुइखा पुगेको हो ।

अध्ययन टोलि मा कार्यसमिती उपाध्यछ लिल बहादुर दिखुवाछा कार्यसमिती सदस्यहरु गणेश दिखुवाछा,  भगत दिखुवाछा, साधरण सदस्य थमान दिखुवाछा,  नरेश दिखुवाछा र अशोक दिखुवाछा रहेका छन ।  अध्ययन टोलिले दिखुवाछा हरुको इतिहास, उत्पती, थातथलो, रहन सहन, आर्थिक, शैक्षिक गणना गर्ने कार्यसमिती सदस्य तथा अध्ययन टोलिका  सदस्य भगत दिखुवाछा चामलिङ राइले बताए ।

अध्ययन टोलिले खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउ पालिका को बिभिन्न वडाहरु छोरम्बु, सापातेल, रोबोलुङ, बुइखा, दिखुवा खोला, उदयपुर को रोउता माइ गाउपालिका को डाडागाउ, बाछाला, काउले, तिल्केटार, त्रियुगा नगरपालिकाको वडा नम्बर – १५ छामालिङ, वडा नम्बर १४ साउने धाप्लाङ को अध्य्यन अनुसन्धान गरि सकेर असार २२ गते गाइघाट फर्किने अध्ययन टोलिका सम्योजक बिष्णु दिखुवाछाले जानकारी दिए ।

यसै गरि दिखुवाछाहरु बसोबास गर्ने अन्य ठाउ हरु त्रियुगा नगरपालिका – ११, पुरानो गाइघाट – १२, असारी,  भुस्ने, दनुवारि – १३,  मोतिगडा – ३, जोगिदह – १, मुथ्याइ – २ , मोरङ, सिराहा, महोत्तरी, नबलपरासी र काठमान्डो का दिखुवाछाहरुको पनि अर्को अध्ययण  समितिले गणना र अध्ययण गरिरहेको अध्ययन टोलि सदस्य  थमान दिखुवाछाले बताए । सबै ठाउको दिखुवाछाहरुको  अध्ययन टोलिको रिपोट पछि समितिले दिखुवाछाहरुको जनसङ्ख्या प्रतिबेदन सार्बजनिक गरिने कार्यसमिती उपाध्यछ लिल बहादुर दिखुवाछाले बताए ।

२०७६ साल  असार ७ गते शनिबार गठन भयको पहिलो समिती को यो काम उपलब्धी मुलक र योजनामुखी काम भयको कार्यसमिती सदस्य तथा भ्रमण टोलिका सदस्य  गणेश दिखुवाछाले बताए । अध्ययन भ्रमन पछि समितिले त्यही प्रतिबेदन को आधार मा भाबी कार्ययोजना बनाउने जनाएको छ ।

फोटो क्याप्सन : त्रियुगा नगरपालिका – १५ छामलिङ स्थित दिखुवाछाको घना बस्ति ।