
उदयपुर, असार १३ गते ।
उदयपुरबाट पत्रिका र अनलाईन एकसाथ सन्चालन गरिरहेको पूर्णपुष्टिले पहिलोपटक सदरमुकामको प्रवेशद्वारमा स्वागत बोर्ड राखेको छ । गाईघाटको त्रियुगापुल नजिकै गाईघाट बजार प्रवेशको क्रममा देखिनेगरी बोर्ड राखिएको हो । विभिन्न ठाउँबाट आउने यात्रु, पर्यटक, कर्मचारी लगायतलाई लक्षित गरी स्वागत बोर्ड राखिएको हो ।
नयाँ ब्यवस्थापनसहित नयाँ कार्यालयबाट सम्पूर्ण काम सुरु गर्ने अन्तिम तयारीमा रहेको पूर्णपुष्टिले अन्य ठाउँमासमेत बोर्ड राख्ने तयारीमा छ । पाठक, स्रोता र दर्शकको मन जित्दै १ नं। प्रदेशकै स्थापित मिडिया बन्ने लक्षका साथ अगाडी बढेको पूर्णपुष्टिले संस्थागत विकासमा जोड दिएको प्रधानसम्पादक भोटराज राईले बताए ।