
काठमाण्डौमा बसेको बैठकले पूर्वछाने समाजको केन्द्रिय तदर्थ मुल समिति गठन गरेको छ ।
भृकुटी माण्डपमा भएको बैठकले पूर्वछाने समाजको केन्द्रिय तदर्थ मुल समितिको गठन गरेको हो ।
बैठकले केन्द्रिय प्रतिनिधि, संयोजक र मूल समितिकोे गठन गरेको थियो । २० जिल्लाबाट आएको पूर्वछानेहरुको भेलाले केन्द्रिय संयोजकमा डि.एम. पुर्वछाने र सह–संयोजकमा जयराम पुर्वछानेलाई चयन गरेको थियो ।
पुर्वछानेले मगरहरुको सस्कार, सस्कृति भाष, धर्म, रितिरिवाज, रहनसहन लगायत विभिन्न परम्परागत कुराहरुको संरक्षण र प्रवद्र्धन गर्न समाजलाई क्रियाशिल बनाउने संयोजक डि.एम. पुर्वछानेले बताए ।
७७ वटै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य लिएर अघि बढेको पूर्वछानेले बताए । सवै पूर्वछानेहरु भनेको एउटै गोत्रो भएकालेले साझा संस्थाको रुपमा स्थापना गर्ने पूर्वछानेले बताए । भने माघ १० गते सिन्धुलिमा बृहत भेला गरि समितिलाई पुर्णता दिने उनले बताए ।
उक्त जिल्लाको लागि केन्द्रिय प्रतिनिधि र संयोजकहरुमा केन्द्रियमा मोहन पुर्वछाने, राम बहादुर मगर, हिमाल पुर्वछाने, सानुु पुर्वछाने, उत्तम पुर्वछाने , प्रेम बहादुर पुर्वछाने, कृष्ण कुमार पुर्वछाने, चन्द्रा पुर्वाछाने, मनिता पुर्वछाने, ध्रुव कुमार पुर्वछाने , पुर्ण प्रकाश पुर्वछाने, ज्ञानु पुर्वछाने, आशिष पुर्वछाने, यम पुर्वछाने , निश्चल पुर्वछाने , सरोज पुर्वछाने र शिवहरी पुर्वछाने रहेका छन् ।
मिन बहादुर पुर्वछाने , बेख बहादुर पुर्वछाने, एकेन्द्र पुर्वछाने, चेत बहादुर पुर्वछाने , सागर पुर्वछाने, नविन पुर्वछाने, विजय पुर्वछाने, काजी पुर्वछाने, राजेश पुर्वछाने , भूपाल पुर्वछाने संयोजकमा निर्वाचित भएका पूर्व छानेले बताए ।