पुस्ताकलय सम्बन्धि अन्तक्रिया ताथा बहस

गाइघाट/मंसिर ३ 

संगम सामुदायिक पुस्ताकलयले नमुना पुस्ताकलय तथा संगम पुस्तकालयको विकासका योजनाबारे अन्तक्रिया तथा बहस कार्यक्रम मंगलबार बिभिन्न क्षेत्रहरु सँग गरेको छ । विद्यार्थी, शिक्षक, नागरिक समाज, पत्रकार, जेष्ठ नागरिक, फरक क्षेमताको व्यक्तित्व लगाएत सँग अन्तक्रिया तथा बहस कार्यक्रम गरेको हो ।

पुस्ताकलय एउटा ज्ञान, सिकाई र बझाईको ठुलो क्षेत्र भएको भन्दै यसको विकासका बारेमा प्रदेश नं १ ले कस्तो योजना तयार गरेको छ भन्ने कुरालाई जोड गर्दै प्रदेश नं १ योजना आयोगका उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि सुभोद्रा प्याकुरेल सँग सहभागीहरुले जिज्ञासा राखेका थिए ।

सहभागीहरुको जिज्ञासालाई आत्मासात गरी पुस्ताकलयको बारेमा प्रदेश १ योजना आयोगले सबै जिल्लाहरुमा नमुना पुस्ताकलयको बारेमा योजना तयार गर्ने योजना रहेको प्रदेश योजनाका उपाध्यक्ष सुभद्रा प्याकुरेलले बताए । उनले संगम सामुदायिक पुस्तकालयलाई पनि नमुना पुस्ताकलय तथा अन्य योजनाहरुमा पनि सहयोग गर्ने प्याकुरेलले प्रतिवद्धता गरेको छ ।

प्याकुरेलले मानिसको हरेक समस्याको समाधान पुस्ताकलय नै रहेको बताए । उनले आफ्नो हरेक समय र नकरात्मक समयलाइ पुस्ताकलयमा प्रयोग गर्ने हो भने सकरात्मक समाज बन्न धरै समय नलाग्ने बताए । पुस्ताकलयले समाजमा नकरात्मक हइना बरु सकरात्मक समाजमा छिटो परिवर्तन गर्ने बताए । हरेक घरमा पुस्ताकलय हुनु पर्नेमा जोड गर्दै उनले समाजिक क्षेत्रबाट पनि पुस्ताकलयमा विकास गर्न सकिने जानकारी दिए ।

यस्तै संगम सामुदायिक पुस्ताकलयका अध्यक्ष भरत खड्काले पुस्ताकलयमा सबैको सहभागी हुन जरुरी रहेको बताए । खड्काले आफ्नो काम बाहेका समय पुस्ताकलयमा खर्च गरिदिन अनुरोध समेत गरे । संगम सामुदायिक पुस्तकालयले सकरात्मक समाज सुधारका निम्ति यस्ता खालको अनुरोधहरु गरेको बताए ।

खड्काले पुस्ताकलयलाई सँधै र सबैले माया गरेर सहयोग गरी आफ्नो गाउँ समाज र राष्ट्रलाई नै सकरात्मक बनाउन सकिने जानकारी दिए । हरेक टोलटोलमा, विद्यालयमा पुस्ताकलयको व्यवस्था र त्यसको अध्यनले सबैको क्षमता बृद्धि गर्दै सकरात्मक समाज निर्माण गर्ने क्षेत्र पुस्ताकलय नै रहेको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: