Monday, July 13News That Matters

क्वरेन्टीनमा बसेको १ महिलाको मृत्यु

पूर्णपुष्टि, जेठ २० गते । 

बैतडीको एक क्वरेन्टीनमा बसेकी महिलाको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–४ भटनाको मालिका माध्यमिक विद्यालयको क्वरेन्टीनमा बसेकी स्थानीय २२ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

मृतक महिला मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्य चौकीले जनाएको छ । मृतक महिला जेठ १६ गते गौरिफण्टा नाका हुँदै स्वदेश फर्किएर जेठ १८ गतेदेखि श्रीमान र १८ महिने बच्चाक सहित क्वरेन्टीनमा बस्दै आएको थियो ।

भारतको पञ्जावबाट मुटुरोगको उपचार गराएर फर्किएपनि आर्थीक अभावका कारण करिब १२ दिनसम्म औषधी सेवन गर्न नपाएको मृतकको परिवारले जनाएको छ ।

मृतको महिलाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ स्वास्थ्य कार्यालयले जनाएको छ ।