Tuesday, June 30News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-26

नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ ।

-*-

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र १८ दिने शिशुसहित २४ जना उपचारपछि निको भए । स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि आइसोलेनमा बसेको १४ दिनपछि पुुनः स्वाप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार साँझ उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

-*-

जोखिम क्षेत्रका बासिन्दालाई आइतबारसम्म सुरक्षित ठाउँमा बस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह । कष्ट सहेरै भए पनि आइतबारसम्म नदी किनार क्षेत्र र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा जान प्रविधिकरणले आग्रह गर्नुभएको हो ।

-*-

अविरल वर्षा भैरहेकाले बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक प्रकोपका जोखिमयुक्त क्षेत्रहरुमा सर्तकता आपनाउन जिल्ला प्रहरी कार्यालय उदयपुरले आग्रह ।  वर्षापछि बाढी, पहिरो आउने भएकाले नदि किनार, खोला छेउछाउ लगायतका जोखिमयुक्त क्षेत्रमा सर्तकता अपनाउन जिप्रकाले आग्रह गरेको हो ।

-*-

अविल वर्षासँगै आएको बाढी, पहिरोले देशको विभिन्न ठाउँमा ठूलो जनधनको क्षति । देशको विभिन्न ठाउँमा शुक्रबारमात्रै बाढी र पहिरोमा परि २४ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता भएका छन् ।

-*-

कास्कीको दुई ठाउँमा पहिरोले घर पुरिदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाईते । पोखरा महानगरपालिका–१८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जना र हेम्जाका रामचन्द्र अधिकारीको घर पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको हो ।

-*-

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परि म्याग्दीमा १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता । गतरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा २ जनाको मृत्यु भएको हो ।

-*-

रौतामाईको मुर्कुचीबाट अवैध ३ ट्रक काठ पक्राउ । रौतामाई गाउँपालिका–७ मुर्कुचीबाट सप्तहरीको भारदहतर्फ लैजान लागेको अवैध तीन ट्रक काठ प्रहरीले नियन्त्रणमा लिएको हो ।

-*-

लमजुङमा पहिरोले घर पर्दा तीन जनाको मृत्यु । बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु भएको हो ।

-*-

अविरलत वर्षासँगै बाढी पहिरो आउने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह । मनसुन थप सक्रिय भएकाले अहिले देशभर पानी परेको हो ।

-*-

अविरल वर्षापछि आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध । स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

-*-

सरकारले जिल्ला भित्र मात्रै सार्वजनिक यातायात संचारन गर्न दिने । सार्वजनिक यातायात सञ्चालन गर्नु पूर्ब स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न पाईने भएको हो ।

-*-

नेकपाको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित । आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको हो ।

-*-

ईलाममा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु । माई नगरपालिका–१ पालटारमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो ।

-*-

ईलामको चुलाचुलीबाट लागुऔषधसहति एक जना पक्राउ । चुलाचुली गाउँपालिका–४ बाट लागुऔषधसहित तारा लिम्बु पक्राउ परेको हो ।

-*-

झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ । दमक नगरपालिका–१ बाट ब्राउन सुगर सहित दिपेन लिम्बु र रोहन राईलाई पक्राउ गरेको हो ।

-*-

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड (म्यानयु)ले जित हात पारे । गतराति भएको खेलमा युनाइटेडले एस्टोन भिल्लालाई ३–० गोलले पछि पार्दै जित हात पारेको हो ।