
पूर्णपुष्टि, पुष ६
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधान्मन्त्री केपी शर्मा ओली आ–आफ्नो पक्षीय समूह सँग छलफल गर्दै रणनीति बनाउन व्यत भईरहेका बेला गृहमन्त्री राम बाहादुर थापा (बादल) पनि आफ्नो पूर्व समूह सँग छलफलमा बसेका छन् ।
उनि प्रचण्ड र ओली कुनै पनि समूहमा नगई आफ्नो पूर्वसमूह सँग पुलचोकमै छलफलमा बसे । आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिए पनि बादलले केपी शर्मा ओली क्याबिनेट छोडेका थिएनन् । उनले राजीनामा नदिएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा उभिएको विश्लेषण गरिएको थियो ।
समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन् । बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेका स्रोतले बताएको छ ।
सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएका थिए । राष्ट्रिय सभा सदस्य रहेका बादल उक्त भेलामा जाने अनुमान गरिएको भएपनि बालुवाटार नगएर सोमबार बिहान मन्त्रीक्वार्टर पुल्चोकमै पूर्व समूह सँग छलफलमा बसेको स्रोतले बताएको छ ।
