Friday, October 4News That Matters

पूर्वाञ्चलकै उत्कृष्ठ बनाउने उद्देश्यका साथ छठपूजा तयारी

पूर्णपुष्टि, कात्तिक ८ गते ।

गाईघाट–मधेसी समुदायले विशेषरुपले मनाउने छठपर्वलाई पूर्वाञ्चलकै उत्कृष्ठ बनाउने उद्देश्यका साथ त्रियुगा छठपूजा समिति, गाईघाटले तयारी गरिरहेको छ । केही वर्षयता यो पर्वलाई पहाडी समुदायका सबै जातजातीले पनि विशेषरुपले मनाउन थालेका छन् । यसले धार्मीक अस्तित्वलाई उजागर गर्नुका साथै जातीय सद्भावलाई बढाएको बुद्धिजिविहरु बताउछन् ।

गाईघाट बजार नजिकैको त्रियुगा पुलको पश्चिमतर्फ समितिले छठपूजाका लागि विशेष व्यवस्थापनको तयारी गरेको छ । उक्त स्थानमा व्यवस्थितरुपले पूजाआजा तथा ब्रत बस्नका लागि पालकटेज निर्माण गरिएका छन् । हरेकबर्ष उक्त स्थानमा नै छठपूजाको लागि व्यवस्था मिलाइने गरिएको छ ।

त्रियुगा छठपूजा समितिका अध्यक्ष खेमनारायण यादव “राहुल” का अनुसार छठपूजाको अन्तिम रात (९ गतेराती) ब्रतालुहरु रातभर जाग्राम बस्नुपर्ने भएकोले उनीहरुलाई सित र सिरेटोले असर नपुग्ने गरी व्यवस्थित पूजास्थान र बसाई व्यवस्थापन मिलाइएको छ । साथै समितिको अफिसियल कोठा, ब्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम मञ्च, चर्पी आदिको छुट्टाछुट्टै व्यवस्था गर्नुका साथै स्वयमसेवकको व्यवस्था मिलाईएको उनले बताए ।

यसअघि नै उक्त स्थानमा निर्माण गरिएका संरचनाहरु बाढीले बगाईदिएपछि समितिलाई काम दोहोर्याउनु परेको थियो । समय र बजेट दोहोर्याउन परेपनि व्यवस्थापनमा कुनै कमी आउन नदिन समिति लागी परेको संयोजक यादवले बताए । उनले पूर्वाञ्चलमै उत्कृष्ठ छठपूजा हुने गरी व्यवस्थापनमा खटिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0