Friday, February 14News That Matters

पेस्तोल सहित दुई जना पक्राउ

मोरङ, असार ९ गते ।

मोरङको बेलाबारीबाट दुई थान पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । बेलबारी नगरपालिका – ४ स्कुल डाँडाबाटव आईतबार साँझ पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा सुन्दर हरैचा नगरपालिका – १२ निबासी ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका – ६ निबासी ३४ वर्षीय कन्सा माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीको चेक जाँच टोलीले को १७ प ४५८६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा दुई थान पेस्तोल, ४ थान म्याग्जिन र १४ राउण्ड गोली फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।