
मोरङ, असार ३१ गते ।
मोरङको पथिरी शनिशचरेमा पैनिमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएका छन् ।
पथरी शनिशचरे नगपालिका – ६ निबासी राजिव तामाङको ११ वर्षीय छोरी सृजना तामाङ र ईलाम दानाबारी – ९ निबासी तामाङकै घरमा बस्दै आएका कृष्ण तामाङको ८ वर्षीय छारी प्रिति तामाङ दिउँसो करिब पौने १ बजे कलभर्टमा साईकलबाट लडेर पैनिमा खस्दा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
बालिकाहरु पुफुको घर सुनबर्सी नगरपालिका हिडेका थिए । पैनीमा खसि बेपत्ता भएका मध्ये करिब एक सय मिटर तल प्रिति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
फेला नपरेको सृजनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।