पैसाको लोभमा हत्या गरी आँगनमै पुर्ने दुई पक्राउ

पूर्णपुष्टि, कार्तिक ८
सिन्धुपाल्चोकमा पैसाको लोभमा हत्या गरी शव मृतककै घर आँगनमा पुरेर फरार रहेका दुई जनालाई पहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेका काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखुपाखर–७ का छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवैले ४० हजार रुपैयाँ लुट्ने उद्देश्यका साथ दाहालको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो ।
घरको आँगनमा दुवै खुट्टाको औँला देखिने गरी खाल्डो खनेर बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो । प्रहरीले काठमाडौंबाट विशेषज्ञसहित कुकुरको टोली झिकाएर अनुसन्धान गरेको थियो । छिमेकीहरूले तीन दिन अघिदेखि मृतकको घरमा दुई जना अपरिचित पुरुष आउने जाने गरेको भन्ने सूचनाको आधारमा थप अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको बस्नेतले बताउनुभयो ।

मृतक दाहालले प्रयोग गर्ने मोवाइल मृतकको साथमा नरहेको तर मोवाइल चालु नै रहेकोले मोवाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको थियो । मगर पक्राउ परेपछि उनकै बयानको आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: