
तेह्रथुम, साउन १२ गते ।
तेह्रथुमको छथरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । छथर गाउँपालिका –३ पन्चकन्या निबासी १० वर्षीय बादल विकको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो सँबा ५ बजे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबी बेपत्ता भएको बालकको शव राती पौने ९ बजे स्थानियले निकालेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।