पूर्णपुष्टि, पुष १७ गते ।
इलामको इलाम नगरपालिका–१ साखेँजुङ स्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाल दाहालको छोरी २६ महिनाकी हिमान्सी दाहाल रहेकी छिन् ।
आज बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर घाईते भएकी बालिकाको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
