उदयपुर, असार ४ गते ।
उदयपुर बाँसबोटेका दुई बालक दुधकोशीमा पौडी खेल्ने क्रमा बेपत्ता भएका छन् । उदयपुर र खोटाङको सिमाना दुधकोशीमा बुधबार विहान पौडि खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा लिम्चुङ्बुङ गाउँपालिका – १ बुत्कु निबसी १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई बेपत्ता भएको स्थानियहरुले जनाएको छ ।
स्थानिय, प्रहरीले बेपत्ता भएका बालकहरुको खोजी कार्य तिब्र बनाएको भएपनि अहिले सम्म फेला पार्न नसकेको वडाध्यक्ष भिमबहादुर राईले बताए ।