Monday, February 17News That Matters

पौडी खेल्दा खोलाले बगाए एक जनाको मृत्यु

मोरङ, साउन १२ गते । 

मोरङको सिंघिया खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । रामेछाप घर भई विराटनगर महानगरपालिका – ७ बस्दै आएका १५ वर्षीय रमेश गुरुङको खोलाले बगाउँदा मृत्यु भएको हो ।

साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा दिउँसो पौने २ बजे गुरुङलाई खोलो बगाए बेपत्ता बनाएको थियो । खोलाले बगाई बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा आज विहान करिब ९ बजे जहदा भातीगञ्जमा खोला किनारमा गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ ।