
सुनसरी, साउन १७ गते ।
सनुसरीको ईनरुवामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । ईनरुवा नगपालिका – ७ बर्छवा निबासी १३ वर्षीय अर्पण खवास पोखरीमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा दिउँसो करिब १ बजे डुबेर बेहोस भएका खवासलाई जिल्ला अस्पताल ईनरुवा ल्याएपनि चिकित्सकले मृत्यु भईसकेको जानकार गराएपछि अफन्तले प्रहरीलाई जानकारी गराएको थियो ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली गएर कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय सनुसरीले जनाएको छ ।