Monday, February 17News That Matters

पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

उदयपुर, साउन १४ गते ।

उदयपुरमा पौडी खेल्ने क्रममा खोलामा डुवेर एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका – ८ थलिया स्थित ललरी खोलामा पौडी खेल्ने क्रममा ११ वर्षीय हर्कबहादुर पुलामी मगरको मृत्यु भएको हो ।

साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा पौडीन नसकी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अरु साथीहरु शकुशल रहेको प्रहरीले जनाएको छ ।

मृतक बालकको पोष्टमार्टमका लागि शव कटारी अस्पाल ल्याउने कार्य भैरहेको इलाका प्रहरी कार्यलय कटारीले जनाएको छ ।