Monday, February 17News That Matters

पौडी खेल्दा डुवेर वालिकाको मृत्यु

 

सुनसरी/ श्रावण ०५ गते ।

सुनसरीको बराहक्षेत्र नगरपालिका (५ की १४ बर्षीया बालिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

धनकुटाको छिन्ताङ (५ स्थायी घर भएकी पवित्रा श्रेष्ठकी छोरी अनु श्रेष्ठ ७÷८ बर्ष देखी शुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका ५ स्थ्ति स्थानीय राजु अधिकारीको घरमा बस्दै आएकी थिइन् ।

घटना स्थलमा खटिएको महेन्द्र नगर प्रहरी टोलीले अनुसन्धान तथा कानुनी प्रक्रिया अनुसार शवलाई पोष्टमार्टमका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धानमा प्रहरी टोली खटिएको पनि महेन्द्र नगर प्रहरीले बताएको छ ।