
पूर्णपुष्टि, श्रावण ११ गते ।
पाँचथरमा खोल्छामा पौडी खेल्ने हुँदा एक बालकको ज्यान भएको छ । जिल्लाको याङवरक गाउँपालिका १ र २ को सिमास्थल ठिङगेपुर खोल्छामा पौडि खेल्ने क्रममा बालकको ज्यान गएको हो ।
पाँचथकोर याङवरक गाउँपालिका १ का डम्वर मगरको ११ वर्षिय छोरा अर्बिन मगर पौडि खेल्ने हुँदा डुवेर ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
शुक्रबार साझ पौने ७ बजेको समयमा खोल्सामा डुबेको देखेपछी बहिनिले अभिभावकलाई खवर गरेकी थिईन् । उनलाई तत्काल पानीबाट निकाली उपचारको लागी जिल्ला अस्पताल फिदिम पाँचथर लगिए पनि डाक्टरले मृत घोषणा गरेको थियो ।