Tuesday, April 21News That Matters

प्युठानमा १ बालिकामा डेंगुको संक्रमण

पूर्णपुष्टि, असार २ गते । 

प्युठानमा एक बालिकामा डेङ्गुको संक्रमण देखा परेको छ । प्युठान नगरपालिका – ६ की एक ६ वर्षीया बालिका बिरामी भएर अस्पताल आएकी बालिकामा डेंगुको संक्रमण पुष्टि भएको हो ।

बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि मंगलबार बुटवल सिफारिश गरिएको अस्पतालले जनाएको छ ।

गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेंगुको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेंगु संक्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानले जनाएको छ ।