
पूणर्पुष्टि, असार १०
गायक प्रताप दासको सुमधुर आवाजमा सजिएको ढुङ्गा मुढा’ बोलको गीत सार्वजानिक भएको छ ।
बहुप्रतिभाशाली कलाकार निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा तयार ढुङ्गा मुढा’ मा चर्चित मोडल दृश्य सुवेदी, रविना कार्की, बिमला हुमागाई, अंकित मल्लको आकर्षक अभिनयले भिडियो उत्कृष्ट बनेको छ ।
नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको आकर्षक स्वरले सजिएको ढुङ्गा मुढा’ बोलको गीतको भिडियोमा श्रीमान श्रीमतीमा हुने मनमुटाव र त्यसले ल्याउने पारिवारीक विचलनलाई सचित्र उतारेको छ ।
हालै मात्र रिलिज भएको उक्त गीतको शब्द रचना बिमला हुमागाईले गरेकी छिन भने मिठासपुर्ण स्वरमा गीतलाई अझै उत्कृष्ट बनाउन संगीत भर्ने तथा एरेन्ज गर्ने काम भने मनोज सेङसन राईले गरेका छन् । कविता तोलाङीको शृङ्गार, मुकेश हुमागाईको छायाँकन रहेको भिडियो सम्पादन तथा कलरिङ प्रकाश एस के ले गरेका छन् ।
मर्मस्पर्शी रहेको ढुङ्गा मुढा’ निकै नै उत्कृष्ट बनेको निर्देशक आदित्य बुढाथोकी बताउँछन् । नेपाली म्युजकि भिडियो मध्ये निकै पृथक बनाउने प्रयास गरेको बुढाथोकी बताउँछन् ।
