
पूर्णपुष्टि, भदौ १२
मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी Tramadol ५७५ ट्याब्लेट र Spaspain ( ५७० ट्याब्लेट बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
