
पूर्णपुष्टि, असार ९
सुनसरीको धरानबाट प्रतिबन्धीत औषधीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–११ सयपत्री स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेको हो ।
उनलाई हिजो राती ९ बजे प्रतिबन्धीत औैषधी ओपोटाव–२०० ट्यावलेट, स्पास्मो–१२३० ट्यावलेट/स्पास्मो (फोक्सिबोन)– २५० क्याप्सुलसहित प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका कार्की माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सुनसरीले जनाएको छ ।
