Saturday, June 6News That Matters

प्रदर्शनमा समातिएका विदेशीलाई कारबाही हुने

पूर्णपुष्टि, जेठ ३२ गते ।

सरकार विरुद्ध प्रदर्शन स्थलबाट पक्राउ परेका ६ जना विदेशी नागरिकलाई कारबाही हुने भएको छ ।

पक्राउ परेका मध्ये एक जनाको संलग्नता नदेखिएपछि छाडिएको छ । प्रदर्शनमा सहभागी भएका ६ जना विदेशी नागरिकलाई अध्यागमन ऐन अनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छाडिएका व्यक्ति अन्य कारणले त्यहाँ गएको देखिएपछि छाडेको छ । प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेलगत्तै भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा लगेर राखेको थियो । साँझ स्क्रीनिङ गरेर अध्यागमन विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।